नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ।
दलको कार्यालय सिंहदरबारमा बैठक सुरू भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्नुअगाडि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ। माओवादी केन्द्रबाट देउवा सरकारमा दुई जना मन्त्री छन्।