नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक केहीबेर अघि सुरू भएको हो।
बैठकमा पार्टीको आन्तरिक विवाद, विधान अधिवेशन र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने भएको छ।
वरिष्ठ नेता माधव कुमार नेपाल समूह भने बैठकमा सहभागी छैन।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार मंगलबार बस्ने एमालेको केन्द्रीय समिति बैठकका लागि आजको स्थायी कमिटी बैठकले एजेण्डा तय गर्ने भएको छ।
यसैबीच दोस्रोपटक पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आइतबार बेलुका ४ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।
एमालेको ओली र नेता माधव कुमार नेपाल समूहबीच विवाद कायमै छ। यसका लागि दुबै पक्षका दोस्रो तहका नेताहरू पार्टी एकताका लागि सक्रिय छन्।
शनिबार साँझ बालकोट पुगेको टोलीले आज वरिष्ठ नेता माधव नेपालसँग भेट गरि छलफल गरेको थियो।