नवनियुक्त मन्त्रीहरूले कार्यभार सम्हालेका छन्।
बुधबार मन्त्रालय पुगेर गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन्।
उनीहरूलाई मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गरेका थिए।
साथै ऊर्जा मन्त्री पम्फा भुसाल र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि मन्त्री नियुक्त भएका थिए। उनीहरूले मंगलबार नै कार्यभार सम्हालिसकेका थिए।
सोमबारको सर्वोच्चको परमादेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका थिए।
प्रधानमन्त्री देउवाले मंगलबार बेलुकी सपथसँगै कार्यभार सम्हालिसकेका छन्।