नेपाली कांग्रेसले प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेको छ।
स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा अहिले बुढानिलकण्ठबाट शितल निवासका लागि निस्कन लागेका छन्।
देउवाले आफूसँग सपथ खान कांग्रेसबाट २ जना मन्त्री बनाउन लागेका छन्।
खाँणलाई गृहमन्त्री बनाउने र कार्कीलाई कानुन मन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ।
यस्तै आज देउवाले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थ र नेता पम्फा भुसाललाई ऊर्जा मन्त्री बनाउन लागेको स्रोतको दाबी छ।
नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन्। शर्मा अर्थ र भुसाल उर्जा मन्त्री बन्न लागेका हुन्।