प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले लामो समय देशमा असर रहने बताएका छन् ।
मंगलबार राष्ट्रका नाममा बिदाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले समग्र राजनीतिलाई पछाडि फर्काएको र यसको समीक्षा भविष्यले गर्ने बताएका छन् ।
अदालतको फैसलालाई आफूले पालना गर्ने स्पष्ट पारेका छन्। उनले नेपालको संविधान नेपाली जनताको विश्वास र भावना, सपना जोडिएको पनि बताए।
ओलीले सर्वोच्चको फैसलाले लोकतन्त्रको भावको विजयलाई अर्थहिन बनाएको दाबी गरेका छन्। उनले देशवासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन्।
ओलीले सर्वोच्चको फैसलाले देशमा अस्थिरता ल्याएको र यसबाट तत्काल अरु खुसी भए पनि लामो समयका लागि यो ठिक नभएको बताएका छन्।