नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले असंवैधानिक तथा अलोकतान्त्रिक कदमलाई सच्याएर कांग्रेस नेतृत्वको सरकार अगाडि बढ्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकोमा सोमबार सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भइसकेको उनले बताए।
ओली सरकारले विधि मिचेर गरेका असंवैधानिक कामहरू अब सच्याएर अगाडि बढ्नुपर्ने उनले बताएका छन्।
कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै आज उनले जनतालाई कोरोनाविरूद्ध खोप लगाउने कुरा प्राथमिकतामा पर्नुपर्ने बताए।
जनताले महशुस गर्ने गरी कांग्रेस नेतृत्वको सरकारले काम गर्नुपर्ने उनले बताए। राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेको छ।
साथै सिंहले १३ औं महाधिवेशनमा आफू पनि नेतृत्वका लागि तयार रहेको बताएका छन्।