नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ वरिष्ठ नेता माधव नेपालको निवासमा पुगेका छन्।
एमाले भित्रको विवाद मिलाउन लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनबारे छलफल गर्न उनीहरू नेपाल निवास कोटेश्वर पुगेका छन्।
एमाले अध्यक्ष केपी ओलीको तर्फबाट नेम्वाङ कार्यदलका संयोजक थिए। उपमहासचिव पौडेल सदस्य थिए।
यसअघि वरिष्ठ नेता नेपालका तर्फबाट कार्यदल संयोजक भीम रावलले सोमबार ओलीलाई कार्यदलको प्रतिवेदन बुझाएका थिए।
कार्यददले आइतबार एमाले एकताबारे १० बुँदे प्रस्ताव तयार पारेको थियो।