एमाले नेता भीमबहादुर रावलले सर्वोच्च अदालतको फैसलाबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन्।
रावलले राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित रहेन भने त्यसको परिणाम कति गम्भीर र घातक हुन्छन् भन्ने पनि छर्लंग भएको बताए।
उनले ट्वीटरमा भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ। राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृध्दिका लागि राजनीति केन्द्रित रहेन भने त्यसका परिणाम कति गम्भीर र घातक हुँदारहेछन् भन्ने छर्लङ्ग भएको छ। सबैलाई चेतना भया।’
उनी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट पार्टी एकता कार्यदलका संयोजक हुन्। कार्यदलले १० बुँदे सहमति गरेको थियो।
रावल सोमबार साँझ १० बुँदे सहमति पत्र बुझाउन बालुवाटार गएका थिए।