नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान रक्षा गर्ने आफूहरूको अभियान सफल भएको बताएका छन्।
आज सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएपछि पौडेलले संविधान रक्षा भएको उल्लेख गरेका छन्।
‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो। संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ,’ पौडेलले भने। यसका लागि उनले अदालतलाई धन्यबाद दिएका छन्।
साथै पौडेलले सभापति देउवालाई बधाईसमेत दिएका छन्।