नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधिको शासनको जित भएको बताएका छन्।
सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि आज उनले अधिनायकवादविरूद्ध नेपाली जनताको जित भएको बताए।
‘आज फेरि विधिको शासनको जित भएको छ,’ उनले भने, ‘अधिनायकवादविरूद्ध जनताको जित भएको छ। सर्वसत्तावाद पराजित भएको छ।’