नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई दिएको जानकारीअनुसार मंगलबार बस्ने गरी पदाधिकारी बैठक बोलाइएको छ।
१४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने उनले जानकारी दिए।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनेको छ। त्यसका लागि असारभित्रै क्रियाशील सदस्यताबारेका विवाद समाधान गर्नुपर्नेछ।
रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले पाँच हजार उजुरीमाथि छानबिन गर्दै अन्तिम सूची छपाइ गर्ने कामलाई जारी राखेको छ।