काठमाडौंमा नेकपा एमालेको भातृ संगठन युवा संघ र नेपाल खेलकुद महासंघले प्रदर्शन गरेको छ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली समर्थित युवा संघ र खेलकुद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित आइतबार प्रदर्शन गरेका छन्।
प्रदर्शन गर्दै युवा संघका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीको समर्थन गरेका थिए भने विपक्षी गठबन्धनविरूद्ध नारावाजी गरेका थिए।
खेलकूद महासंघका अध्यक्ष रमेश पौडेल, युवा संघका अध्यक्ष किरण पौडेल लगायतको नेतृत्वमा उनीहरूले माइतीघर मण्डल आसपास क्षेत्रका सडकमा प्रदर्शन गरेका थिए।
काठमाडौं उपत्यकामा असार ३१ गतेसम्म निषेधाज्ञा छ। यो समयमा सभा तथा सम्मेलन गर्न रोक लगाइएको छ।