नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक सुरू भएको छ।
निर्धारित समयभन्दा केही घण्टा ढिलो गरी सिंहदरबारमा बैठक बसेको हो।
यसअघि आन्तरिक छलफलको लागि भन्दै ओली- नेपाल पक्षले छुट्टाछुट्टै छलफल गरेको थियो।
ड्राफ्टबारे छलफल गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरू माधव नेपाल भेट्न पुगेका थिए।
केही कुराहरू अझ मिल्न बाँकी रहेकाले आज पनि छलफल गर्ने र आजै सहमतिमा पुग्ने अपेक्षा रहेको नेपालनिकट एक कार्यदल सदस्यले बताए।
‘सम्भवत: आजै सहमतिको प्रयास गर्छौं। नभए भोलि पनि बस्छौं। केही कुरा अझै मिल्न बाँकी छ। त्यही मिलाउने कोसिस गर्नेछौं’,उनले भने।
कांग्रेस सभापति देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले लिँदै आएका छन्।
हस्ताक्षर फिर्ता लिएमा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता हुनुपर्ने अडान नेपाल पक्षको छ।
दुबै पक्षलाई मान्य हुनेगरी बीचको बाटो खोज्ने प्रयास कार्यदलले गरेको छ।