सिंहदरवारमा बसेको नेकपा एमाले कार्यदलको बैठक सकिएको छ।
बैठकपछि बाहिरिँदै नेताहरुले सहमतिनजिक पुगेको दावी गरेका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीजिकटका नेता प्रदीप ज्ञवालीले धेरै विषय सहमति नजिक पुगेको र केही भाषा मिलाउन बाँकी रहेकाले भोलि पुनः बस्ने जानकारी गराए।
त्यस्तै माधवकुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि केही विषयमा सहमतिनजिक पुगिएको बताए।
पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक बसिरहेको छ। भोलि पुनः बैठक बस्ने भएको छ। नेताहरुले यसअघि पनि पटक पटक सहमतिनजिक पुगेको बताउँदै आएका छन्।