पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेको छ। यसअघि बिहान बसेको कार्यदल बैठक आन्तरिक तयारी गर्नुपर्ने भन्दै साँझ पुनः बस्नेगरी स्थगित भएको थियो।
एमाले नेता सुवास नेम्वाङले आजै निष्कर्षमा पुग्नेगरी तयारी भएको बताए।
कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएपछि बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तर उक्त छलफलमा कुनै निष्कर्ष निस्किएको थिएन।
करिब २ महिनापछि भएको ओली र नेपालबीचको छलफललाई कार्यदलका सदस्यले सकारात्मक रूपमा लिएका छन्। यद्यपी उक्त छलफलमा दुबैले आ– आफ्नो अडान नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो।