जनता समाजवादी पार्टी जसपाभित्र देखिएको विवाद निरूपण गर्न निर्वाचन आयोजले इजलास गठन गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँचै जना आयुक्त रहने गरी आज इजलास गठन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सेतोपाटीलाई बताए।
उनकाअनुसार साउन ३ गते बिहान ११ बजे जसपा विवाद निरूपणबारे इजलास बैठक राखिएको छ। त्यसका लागि जसपाका दुबै पक्ष अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ।
आयोगले मंगलबार जसपाका अध्यक्षद्वय ठाकुर र यादव पक्षसँग छलफल गरेको थियो। उक्त छलफलमा आफूहरूलाई अलग गरिदिन उनीहरूले आयोगलाई भनेका थिए।
जसपामा अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारबाही गरेका थिए।