नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरू भएको छ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठक ५ बजेपछि सुरू भएको छ। बैठक सुरू हुनुअगाडि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता बेग्लाबेग्लै छलफल गरेका थिए।
पदाधिकारी र पूर्वपदाधिकारीहरू महाधिवेशनलगायत विषयमा छलफल गर्न बैठक बसेका छन्। १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय छ।
क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न आज बैठक बसेको हो। करिब ५ हजार क्रियाशील सदस्यताबारे कांग्रेसमा विवाद छ।