नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पुगेका छन्।
कांग्रेसको १४ औं महाधिवेशन नजिकिएपछि सभापतिका आकांक्षी तीन नेताबीच पटकपटक छलफल भइरहेको छ। महाधिवेशन केन्द्रित छलफल आज सिंह निवासमा बसेको हो।
सिंहका स्वकीय सचिव यूपी लामिछानेका अनुसार नेताहरूबीच महाधिवेशन केन्द्रित भएको छ।
यसअघि निधि र सिंह कोइराला निवास महाराजगञ्ज र त्यसभन्दा पहिले कोइराला र सिंह निधि निवास बानेश्वरमा छलफल गरेका थिए।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा तय भएको छ। महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षीहरू दौडदूपमा छन्।
निधि, कोइराला र सिंहबीच महाधिवेशनसम्मै सहकार्य गर्ने विषयमा सहमति छ।