प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।
आइतबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखिएको छ,’ तामाङले सेतोपाटीसँग भने। एमालेमा स्थायी कमिटी १९ सदस्यीय छ। अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षविनै स्थायी कमिटी गठन गरेका थिए।
आजको बैठकमा पार्टी विधान महाधिवेशनबारे पनि छलफल हुनेछ।