पूर्व प्रधानसेनापति सच्चित शमशेर जबराकी श्रीमती आशा राणाले १५ लाख ५ रूपैयाको अक्षय कोष स्थापना गरेकी छन्।
राणाले आफ्नो पेन्सन वापत आउने मासिक ३६ हजार रूपैया र कल्याणकारी कोषले मासिक दिने एकल नारी भत्ता २ हजार रूपैया समेत अक्षय कोषमा जम्मा गर्ने घोषणा गरेकी छन्।
अक्षय कोषको रकम सैनिक आवासिय माद्यमिक विद्यालय भक्तपुरमा कक्षा ११ बाट १२ मा जाँदा प्रथम हुने फलोअर्सका छोरीले पाउनेछन्।
फलोअर्स सेनामा सबैभन्दा तल्लो तहको पद हो। फलोअर्सका छोरी नभएमा सैनिक र सैनिकका छोरी नभएमा प्युठका छोरीले पाउने नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार प्युठका छोरी नभएमा अमल्दार र अमल्दारका छोरी नभएमा हवल्दारका छोरीले सो रकम पाउनेछन्।
कोषको संरक्षक प्रधानसेनापति रहने सेनाले जनाएको छ।