नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी प्रस्ताव पारित भएको छ।
गाउँ/नगर वडा अधिवेशन २०७८ साउन १२ गते, गाउँ /नगरपालिका अधिवेशन-२०७८ साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन-२०७८ साउन २० गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन- २०७८ साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन-२०७८ साउन २६ गते, प्रदेश अधिवेशन-२०७८ भदौ १ र २ गते र केन्द्रीय महाधिवेशन- २०७८ भदौ १६, १७, १८ र १९ गते काठमाडौंमा गर्ने गरी प्रस्ताव पारित भएको हो।
केन्द्रीय समितिमा हिजो प्रस्ताव पेश भएको थियो।