भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका दुई पालिका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई जनही ११ लाख ११ हजार १ सय ११ रूपैयाँका दरले सहयोग दिने घोषणा गरेको छ।
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले कार्यपालिकाको बैठकबाट नगरपालिकाको तर्फबाट दिने सहयोग रकम हस्तान्तरण गर्न भोलि आफैं मेलम्ची जाने भएका छन्।
मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
यसअघि काठमाडौं महानगरपालिकाले पनि सहयोग गर्ने घोषणा गरिसकेको छ।