जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ।
अध्यक्ष उपेन्द्र यादवले असार ३ गते बिहीबार बालकुमारीमा बैठक बोलाएका हुन्। बिहीबार दिउँसो साढे ११ बजेको लागि बैठक बोलाएको हो।
वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्वपूर्ण निर्णय गर्नको लागि बैठक बोलाइएको जसपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।