प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दमा संवैधानिक इजलासलाई राय/सल्लाह दिन सर्वोच्च बारले दुई जना एमिकस क्युरी पठाएको छ।
सर्वोच्च बारका सदस्य विकास भट्टराईका अनुसार बारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरी पठाएको हो।
उक्त मुद्दामा नेपाल बारका तर्फबाट पनि दुई जना एमिकस क्युरी माग्ने संवैधानिक इजलासले निर्णय गरेको थियो। नेपाल बारले भने एमिकस क्युरी टुंग्याएको छैन।
संवैधानिक इजलासमा ती मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुनेछ।