जनमोर्चाले पार्टी सदस्य र संसद सदस्यबाट कारबाही गरेका सांसद कृष्ण थापा तटस्थ बसेका छन्।
उनले सत्तारुढ र विपक्ष कतै पनि मतदान गरेनन्। जनमोर्चाले संसद सदस्य समेत नरहने गरी कारबाही गरेको थापा सर्वोच्चको अन्तरिम आदेश मार्फत सांसद पदमा पुनर्बहाली भएका थिए।
यसअघि सरकारलाई समर्थन गर्ने जनाउँदै आएका थापा मतदान गर्ने बेला तटस्थ बसेका हुन्।
सर्वोच्चले सांसद पद पुनर्बहालीको आदेश दिएपछि उक्त आदेशको पुनरावलोकन गर्न जनमोर्चा गण्डकी संसदीय दल, सभामुख नेत्रनाथ अधिकारी र संसद सचिवालयले सर्वोच्चमा निवेदन दिएका थिए।