नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र मन्त्री रघुबीर महासेठलाई भेटेका छन्। भारतीय विदेशमन्त्री यस जयशंकरको सन्देश लिएर राजदूत क्वात्रा, मन्त्री महासेठलाई भेट्न बुधबार परराष्ट्र मन्त्रालय पुगेका थिए।
भारतका विदेशमन्त्री जयशंकरले महासेठलाई परराष्ट्रमन्त्री भएकोमा बधाईको सन्देश पठाएका हुन्।
राजदूत क्वात्रा र मन्त्री महासेठबीच कोरोना भाइरसविरूद्धको खोप आपूर्तिलगायत विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।