ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शरतसिंह भण्डारीले कार्यभार सम्हालेका छन्।
आइतबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षामा ध्यान जाने बताएका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको अवधारणलाई सफल पार्न आफ्नो ध्यान जाने बताएका हुन्।
मन्त्री भण्डारीले आफुहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफुहरू सरकारमा सहभागी भएकोे बताए।
‘जसपा र नेकपा(एमाले)को सहकार्यमा सरकार बनेको छ। हामी सहकार्य गर्न आएका छौँ। हामीले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामी मित्र शक्ति मान्छौँ। त्यसैको आधारमा सहकार्य गर्छौ भनेर आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेर अगाडि बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ।’
उनले उर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरूदण्ड भएकाले काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडी बढ्ने बताए।
मन्त्री भण्डारीले गत शुक्रबार सपथ ग्रहण गरेका थिए।