लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको परिणाम राष्ट्रपति समक्ष पेश भएको छ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार बिहीबार लुम्बिनी प्रदेश रााष्ट्रियसभा उपनिर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको हो।
भट्टराईका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा (२ं) को खण्ड (क) तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ३ को उपदफा १ को खण्ड (घ) बमोजिमको रिक्त पदमा सोही ऐनको दफा (३) को उपदफा (२) को व्यवस्था अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य (लुम्बिनी प्रदेश) उपनिर्वाचनको परिणाम पेश भएको हो ।
निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम निर्वाचन आयोगले राष्ट्रपति भण्डारीसमक्ष पेश गरेको हो।
उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३६१२ मत पाएका थिए।