सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले सुविधामा पाएको गाडी फिर्ता गरेकी छन्।
प्रतिनिधिसभा विघटन भएपछि राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता दिएको चौधरीले प्रतिक्रिया दिइन्।
‘पदमा रहँदासम्म र काम गर्दासम्म राज्यको स्रोत साधन प्रयोग गर्ने हो,’ चौधरीले सेतोपाटीसँग भनिन्, ‘पदमै नरहेपछि किन राज्यको सम्पत्ति प्रयोग गर्नु भनेर मैले फिर्ता गरेकी हुँ।’
प्रतिनिधिसभा बिघटन पछि आफू सांसद नै नरहेको र जिम्मेवारीबाट मुक्त भएपछि किन गाडी प्रयोग गर्नु भनेर आइतबार नै गाडी संसद सचिवालयलाई फिर्ता गरेको चौधरीले बताइन्।
मन्त्री परिषदको सिफारिसमा शनिबार मध्यराति राष्ट्रपतिले प्रतिनिनिधसभा विघटन गरेकी थिइन्। उनले कात्तिक २६ र मंसिर ३ गते गरि दुई चरणमा प्रतिनिधिसभाको निर्वाचनको मिति पनि घोषणा गरेकी छिन्।