केपी शर्मा ओलीलाई समर्थन गर्नबारे दुई कित्तामा बाँडिएको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक अहिले बसिरहेको छ।
राजधानीमा बसेको बैठकले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ।
यसअघि जसपा अध्यक्ष महन्थ ठाकुरले कोरोना संक्रमणको कारण देखाउँदै उक्त बैठक स्थगित भएको विज्ञप्ति निकालेका थिए। लगत्तै अर्का अध्यक्ष उपेन्द्र यादवले बैठक स्थगित नभएको विज्ञप्ति जारी गरेका थिए। बैठकको आह्वान भने दुबै अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिबाट भएको थियो।
५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको स्पष्ट बहुमत छ।
पछिल्लो समय जसपाका अध्यक्ष ठाकुर र राजेन्द्र महतो समूह प्रधानमन्त्री ओलीका पक्षमा लागेको छ भने यादव र भट्टराई विपक्षी गठबन्धनसँग उभिएका छन्।