नेकपा एमालेका नेता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनतामा सहानुभूति बढ्दै गएको बताएका छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीनिकट पोखरेलले अरूहरूले असंसदीय र अराजनीतिक कर्म गरेको बताएका हुन्।
'आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोध गर्ने प्रवृत्तिले नै जनतामा क.ओलीप्रति सहानुभूति बढदै छ,' पोखरेलले लेखेका छन्।