नेकपा एमालेको प्रतिनिधिसभा सदस्य जयकुमार राईले प्रधानमन्त्री बनाउने पक्षमा कसैलाई पनि हस्ताक्षर नगरेको बताएका छन्।
‘मैले पार्टी विभाजनका लागि कुनै पनि काममा हस्ताक्षर गर्दिनँ भन्दै आएको छु। त्यसैले मैले कतै हस्ताक्षर गरेको छैन’, राईले भने।
उनले आफू सधैँ पार्टी एकताको पक्षमा रहेकाले त्यस्तो दुष्कर्म आफूबाट हुन नसक्ने बताए।
सुनसरी १ बाट प्रत्यक्ष निर्वाचित सांसद राईले आफू पार्टी एकताको पक्षमा रहेको बताए।