जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले एकतर्फी रूपमा जसपाको कार्यकारिणी बैठक स्थगित गरेका छन्।
ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको बताएका हुन्।
विज्ञप्तिअनुसार कोभिड-१९ को कारण बैठक स्थगित गरिएको हो।
यसअघि ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षरमा बैठक बोलाइएको थियो। जसपाको कार्यकारिणी बैठक जेठ ८ र ९ गतेलाई बोलाइएको थियो।
जसपको कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा छ।