नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठ पुगेका छन्।
नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ देउवा निवास पुगेका हुन्।
उनीहरू केहीबेर अगाडि देउवा निवास आइपुगेको कांग्रेसका एक नेताले सेतोपाटीलाई बताए।
‘प्रचण्ड र नारायणकाजी आइपुग्नुभयो। अरू नेताहरू आउने क्रम जारी छ,’ ती नेताले भने।
आजै बसेको कांग्रेस पदाधिकारी बैठकले अन्य दलसँग छलफल गरी अगाडि बढ्ने निर्णय गरेको थियो।
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानविपरीत काम गरिरहेकोले महाअभियोग लगाउने संकेत कांग्रेसको छ।