राष्ट्रिय सभामा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ। राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा आज भएको निर्वाचनको मत गणना सुरू भएको स्वतन्त्र उम्मेद्वार खिमलाल देवकोटाले सेतोपाटीलाई बताए।
साढे ६ बजेसम्म मतपरिणाम आइसक्ने देवकोटाले बताए।
उपनिर्वाचनका लागि तीन जनाको उम्मेद्वारी परेको थियो। एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा 'बादल', कांग्रेस-माओवादी र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको समर्थनमा स्वतन्त्र उम्मेद्वार खिमलाल देवकोटा छन्। त्यस्तै नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेद्वार बनेका छन्।
बागमती प्रदेशका प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष\उपाध्यक्षले मतदान गर्न पाउने निर्वाचनमा एमालेको बहुमत छ। तर एमालेको मत खण्डित भएकाले निर्वाचनको परिणाम के आउँछ भन्ने चासो बढेको छ।