कोरोना भाइरसको रोकथाममा सहयोग गर्नका लागि नेकपा मओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखा गएका छन्।
गोरखाका विभिन्न ठाँउहरुमा कोभिड संक्रमण बढ्दै गइरहेकाले केही दिनका लागि त्यसतर्फ गएको सामाजिक सञ्जाल मार्फत उनले जानकारी गराएका छन्।
चिकित्सक, ल्याब टेक्निसियन र अन्य केही स्वयंसेवक लिएर उनी गोरखा गएका हुन्। केही लक्षण देखापरेका, शंकास्पद रहेका र कोभिड बिरामीसँग घनिभुत सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन परीक्षण, पिसिआर परीक्षण, आवश्यक परामर्श एवं. तत्काल सम्भव औषधि दिने, स्वास्थ्य संस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने, स्थानीय सरकारका जनप्रतिनिधि एवं स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रित छलफल गर्ने उनले जानकारी दिएका छन्।
केही दिनअघि गोरखा गएर डिसिसिएमसीको बैठक, पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसँको सामूहिक छलफल र गोरखा अस्पताल को स्थितिबारे जानकारी लिएर श्रेष्ठ फर्किएका थिए। गोरखामा कोभिड संक्रमणको रोकथाम ,नियन्त्रण र उपचारकाबारेमा तात्कालीक योजना निर्माणमा सहभागी भएर आएको उनले बताएका छन्।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग समेतको सहयोगमा गोरखा अस्पताल र जिल्ला जनस्वास्थ्य कर्यालयलाई केही स्वास्थ्य सामाग्री पनि उपलव्ध गराउन सहयोग पुर्याएको उनले बताएका छन्।