जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिने निर्णय गरेको छ।
पार्टीका नेता मोहन श्रेष्ठले सेतोपाटीलाई दिएको जानकारीअनुसार बादललाई मत दिन नेकपा एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय भएको हो।
बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट बिजयी भएका थिए। एमाले प्रवेशसँगै उनलाई माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।
यहाँ माओवादी, नेपाली कांग्रेसलगायतको समर्थनमा खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार छन्।
‘एमालेबाट उपनिर्वाचनमा बादललाई मतदान गरी सहयोग गर्न अनुरोध आएकोले राप्रपाका प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मतदान गर्न जानकारी गराइन्छ,’ राप्रपाले भनेको छ।