जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा ठाकुर र जसपा अध्यक्ष ठाकुर र बरिष्ठ नेता महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
यसअघि ठाकुरले आफ्ना केही सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर छलफल गरेका थिए।
आजै प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भएको वार्ता पछि नेपाल पक्षले राजीनामा नगर्ने निर्णय गरेको छ। यसबाट ओलीको तत्कालको समस्या टरेको छ। कांग्रेस र माओवादी केन्द्रले बहुमतीय सरकार बनाउने प्रस्ताव राष्ट्रपतिकहाँ लैजाने छैनन्। त्यसो भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्भवत: आजै वा भोलि संविधानको धारा ७६ को ३ अन्तर्गत अल्पमतको प्रधानमन्त्रीका रूपमा सपथ गराउने छन्।