एमाले नेता घनश्याम भुसालले आफूहरूमाथि गरिएको कारबाही फिर्ता गर्ने निर्णयलाई 'धन्यवाद' भनेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको निलम्बन फुकुवा गरेको थियो।
चैत १६ गते केपी ओलीले नेपालसहित ४ नेतालाई ६ महिनाको लागि निलम्बन गरेका थिए।
'अवैधानिक कमिटीले गरेको कारबाही हो। अहिले फिर्ता गरिएछ,' उनले भने,'म यसलाई धन्यवाद भन्छु।'