प्रतिनिधि सभाको विशेष अधिवेशन आज (सोमबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकाले राति १२ बजेबाट अधिवेशन अन्त्य हुने संसद सचिवालयले सूचना निकालेर जानकारी दिएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
यसअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनका लागि आज विशेष अधिवेशन बोलाइएकी थिइन्।