नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीमा खट्ने स्वास्थ्य जनशक्ति अभाव देखिएको भन्दै सुरक्षा र प्रोत्साहनको प्याकेज बनाउन सरकारलाई आग्रह गरेका छन्।
स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शय्या मात्रै नभएको उल्लेख गरेका उनले जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताएका हुन्।
‘यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न योग्यता र अनुभव भएको स्वास्थ्य जनशक्ति तयार छ,’ उनले भनेका छन्।
थापाले स्वास्थ्य जनशक्ति परिचालन गर्दा कुनै कुरामा कन्जुस्याईं नगर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
‘निजी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौं,’ उनले भनेका छन्।
सरकारले पेन्सनमा बसेका स्वास्थ्य क्षेत्रका कर्मचारीलाई पनि महामारीमा परिचालन गर्ने निर्णय गरेको थियो।
थापाले जनशक्तिलाई आह्वान गरेर मात्रै नपुग्ने भन्दै सुरक्षा र प्रोत्साहनका प्याकेज बनाएर आह्वान गर्न सुझावसमेत दिएका छन्।
यस्तो छ थापाको सुझाव: