देशभर कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा बढ्न थालेपछि जिल्ला नापी कार्यालय धनुषा अनिश्चितकालका लागि बन्द गरिएको छ।
कायार्लयले आज एक सूचना जारी गर्दै अनिश्चितकालका लागि कार्यालयबाट प्रवाह गरिने सबै सेवा स्थगित गरिएको जानकारी दिएको छ।
विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोरोना महामारी बढ्दै गइरहेकोले धनुषामा समेत बढी प्रभावित भएकोले जोखिम नियन्त्रण गर्न भीडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदा समेत भीड बढ्दै गएकोले वैशाख १९ गतेदेखि सेवा नै बन्द गर्ने निर्णय भएको नापी कार्यालयका अधिकृत वर यादवले जानकारी दिए।