पर्यटन मन्त्री भानुभक्त ढकालले आन्तरिक उडान रोक्ने कुनै योजना नरहेको बताएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री ढकालले अहिले भइरहेको उडान जारी रहने बताए।
'स्वास्थ्य प्रोटोकोललाई पूर्णरूपमा पालना गरेर हामीले आन्तरिक उडानलाई नरोक्ने योजना बनाएका छौं,'उनले भने,'बिस्तारै यात्रुको चाप आफैं घट्दै जान्छ तर आन्तरिक उडानलाई पूर्णरूपमा बन्द गर्ने भन्ने हुँदैन।'
वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको थियो।