माओवादी (केन्द्र) निकट अखिल क्रान्तिकारीले प्रवक्ताको जिम्मेवारी संगठनका उप-महासचिव जीपी मैनालीलाई दिने निर्णय गरेको छ।
अखिल (क्रान्तिकारी) को गत चैत्र १४ गते सम्पन्न केन्द्रिय समितिको विस्तारित बैठकले अगामी सम्मेलनसहित संगठन सुध्रिढीकरण सम्बन्धि बिभिन्न तयारीहरु गरेको छ । यसै क्रममा संगठनको कार्यालय बैठकले मैनालीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
हाल रन्जित तामाङ नेतृत्वमा रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को कीर्तिपुरमा २०७४ भदौमा सम्पन्न सम्मेलनबाट उप-महासचिव निर्वाचित मैनाली सिभिल इन्जिनियर हुन्।
२०६५ को स्ववियू निवार्चनमा काठमाडौं इन्जिनियरिङ कलेजबाट स्ववियू सभापतिमा निर्वार्चित मैनाली यसअघि केन्द्रिय सचिवालय, केन्द्रिय सचिव र उपमहासचिव निर्वाचित भइसकेका छन ।
पत्रकारिता र सिभील इन्जिनियरिङमा स्नातकोतर मैनाली पूर्वान्चल इन्जिनियरिङ क्याम्पस धरानबाट २०५८ मा अखिल राजनीतिमा प्रवेश गरेका हुन्।