नेकपा एमालेले पार्टीमा नफर्किनेलाई कारबाही गर्ने निर्णय गरेको छ।
सोमबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
'विभाजनकारी गतिविधिमा लागेका साथीहरूलाई ती गतिविधि छाडेर पार्टी एकतालाई सुदृढ गर्न फेरि पनि फर्कन आग्रह गरेको छ,' ज्ञवालीले भने,'नफर्किए कारबाहीको विषय हुन्छ।'
एमाले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कुनै पनि बेला उपनिर्वाचनमा जान तयार रहन भनेको छ।
भिडिओ