नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्रीको पक्षमा मत दिने भएको छ।
मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपछि प्रदेश सभा बैठकमा बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मत दिने बताए।
‘राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भने, ‘हामीले मत दिँदा पनि मुख्यमन्त्रीलाई बहुमत त पुग्दैन नै।’
राप्रपाले भने कसको पक्षमा उभिने भन्ने निर्णय गरिसकेको छैन। कर्णाली प्रदेश सभामा राप्रपाका एक जना मात्र सांसद् छन्।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका ६ जना सांसद् छन्।
एमालेका १९ जना (सभामुख बाहेक) सांसद् छन्।
कांग्रेससँगै राप्रपाले समेत साथ दिँदा पनि कर्णालीमा ठूलो दलका हिसाबले एमालेले नै सरकार गठन गर्न सक्छ।
मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकार टिकाईराख्न आफ्नो पक्षमा २० मत ल्याउनुपर्ने हुन्छ।