परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेका छन्।
शुक्रबार साँझ मन्त्री ज्ञवाली र जयशंकरबीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
कुराकानीका क्रममा दुई मन्त्रीबीच पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमणकबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री ज्ञवालीले भारत सरकारलाई कोभिड-१९विरूद्धको १० लाख कोभिसिल्ड खोप दिएकोमा धन्यवाद दिएका थिए।
साथै, उनले अति जोखिममा रहेका नागरिकलाई दोस्रो डोज लगाउन खोप उपलब्ध गराइदिन पनि भारत सरकारसँग आग्रह गरे।
विदेश मन्त्री जयशंकरले नेपाललाई कोभिड-१९ विरूद्धको थप खोप दिने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।