थरुहट संघर्ष समिति र सरकारी टोलीबीच गृह मन्त्रालयमा भएको पहिलो चरणको वार्ता सकिएको छ। मंगलबार भएको वार्ता एजेण्डामा प्रवेश गरेर टुंगिएको हो।
गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार दोस्रो चरणको वार्ता बिहीबार फेरि बस्ने छ।
‘आजको वार्ता विषयवस्तुमा प्रवेश गरेर टुंगिएको छ, वार्ता पुन: बस्नेगरी सकिएको छ,’ उनले भने, ‘दुबै पक्षले आफ्ना कुरा राख्ने काम भएको छ।’
थरुहट संघर्ष समितिसँग वार्ता गर्न सोमबार गृहमन्त्री थापाको अध्यक्षतामा समिति गठन भएको थियो।
टीकापुर घटनामा जेलमा रहेका सांसदको रिहाइसहित १९ बुँदे माग राख्दै समिति आन्दोलनमा छ।