थारू कल्याणकारी सभासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता समिति गठन गरेको छ।
सरकारका प्रवक्ता पार्वत गुरूङका अनुसार थारू कल्याणकारी सभा, थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको हो।
उक्त वार्ता समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन्।
प्रवक्ता गुरूङले आजदेखि नै सम्बन्धित सभासँग वार्ता हुने बताएका छन्।
थुनामा रहेका रेशम चौधरीलाई थुनामुक्त गर्नेलगायत सभाको माग छ।