नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट कांग्रेस एक्लैले हटाउन नसक्ने बताएका छन्।
नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपाले प्रष्ट खाका ल्याउनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भए पनि नदिएकोले हटाउनुपर्ने उनले बताए। तर कांग्रेस एक्लैले मात्रै ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नसक्ने उनको भनाइ छ।
‘कांग्रेस एक्लैले सरकारको विकल्प दिन सक्दैन,’ आइतबार बिहान चाक्सीबारीमा आयोजित कार्यक्रममा उनले भने, ‘माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छैन। जसपा पनि प्रष्ट भएर आएको छैन।’
उनले कांग्रेस जस्तोसुकै जिम्मेवारी आए पनि लिन तयार रहेको बताए।